प्रमोशन हुन सुटकेस होइन, बोरा बोक्ने अवस्था आएछः अवकाशप्राप्त एसएसपी खनाल
आइतबार, १४ जेठ २०७४, १३ : ४२
काठमाडौं, जेठ १४– प्रहरी कार्यालयले बढुवा प्रक्रिया अघि बढाउन आनाकानी गरेसँगै शनिवार अवकाश पाएका एसएसपी यादवराज खनालले नेपाल प्रहरीमा प्रमोशनका लागि बोरा नै बोक्नुपर्ने अवस्था आएको विवादास्पद टिप्पणी गरेका छन् ।
आईतबार समाजिक सञ्जाल (फेसवुक)मा लामो स्ट्याटस पोष्ट गर्दैै उनले भनेका छन्, ‘केही बर्ष पहिले एसएसपी रमेश खरेलले एआईजी प्रमोशन हुन सुटकेस बोकेर दौडधूप चलिरहेको भनेको मलाई सम्झना छ, तर अहिले समय धेरै बदलिइसकेछ, अब नेपालमा सुटकेश हैन बोरै कोक्नुपर्ने अवस्था आईसकेको रहेछ, खाम मात्रै बोकेर कुद्ने वा केही बोक्न नसक्ने प्रहरी अधिकृतको हबिगत के होला ?’
२९ बर्ष प्रहरी संगठनमा सेवा गरेका खनाल एक बर्ष सेवा अवधि बाँकी हुँदै डिआईजी बढुवा नपाउँदा सेवानिवृत हुन बाध्य भएका छन् ।
चार जना डिआईजी पद खाली हुँदाहुँदै आफुलाई बढुवा नगरी घर जान बाध्य पारिएकोमा दुःख लागेको उल्लेख गर्दै खनालले लेखेका छन्, ‘चार सिट खाली हुँदाहुँदै पनि प्रोमोशन ननिस्केको अवस्थामा आफ्नो समस्या दर्शाउन गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई पटक–पटक भेटेर फोनमा कुरा गरेँ, तर सबै नेतृत्वले लाचारयुक्त जवाफ दिएर पन्छिए ।’
गृहमन्त्री विमलेन्द्र निधि प्रमोशन गर्न तयार भएको तर आईजिपी प्रकाश अर्याल र गृह–सचिव लोकदर्शन रेग्मीले फाईल अगाडी नबढाएको भन्दै पन्छिएको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘गृह–सचिव र आईजिपीले गर्दिन कहिल्यै भनेनन्, अब गर्ने–अब गर्ने भन्दै अन्तिमसम्म टारेर बसे, यो कस्तो लाचारीपना हो ?’
आफु दुई नम्बरमा भएपनी लामो समय बढुवा नहुँदा गत जेठ ९ गते सर्वोच्चको ढोका ढकढक्याएको र अदालतले ‘अबिलम्ब बढुवा प्रक्रिया सम्पन्न गर्नु’ भनेर दिएको अन्तरिम आदेशलाई पनि अईजिपी र गृहमन्त्रीले लत्याएको खनालले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण