शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोटी कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

आइतबार, १४ जेठ २०७४, १४ : ०६
आइतबार, १४ जेठ २०७४
कर्ण चन्द डोटी, जेठ १४– नेपाली कांग्रेस डोटीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस बैठकले नौ वटै स्थानीय तहमा उम्मेदबारको टुंगो लगाएको हो । कांग्रेस जिल्ला कार्यसमितिका अनुसार पूर्बिचौकी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा माया कुँबर र सायल गाउँपालिकाको अध्यक्षमा धर्मराज जोशी उपाध्यक्षमा पूर्णमाया थापा बिष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै आदर्श गाउँपालिकाको अध्यक्षमा लक्ष्मण सिँह उपाध्यक्षमा बिना ओझा, केआईसिँह गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र बहादुर शाही उपाध्यक्षमा मिना बिष्ट, बोगटान गाउपालिकाको अध्यक्षमा डिल बहादुर बम, उपाध्यक्षमा बिना बम, बडिकेदार गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर चन्द, उपाध्यक्षमा ईन्द्रा बोहरा भाट र जोरायल गाउँपालिकाको अध्यक्षमा दिपक बिष्ट तथा उपाध्यक्षमा भावना बम ओझालाई टिकट दिने निर्णय गरेको छ । यस्तै पार्टी केन्द्रमा पठाएको दुईवटा नगरको टिकट पनि वितरण गरिसकेको कांग्रेसले जनाएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमूखमा बाजीसिँह खड्का(बिजय)लाई टिकट दिईएको छ । उपप्रमूखको भने अझै टुंगो लागिसकेको छैन् । शिखर नगरपालिकाको प्रमूख पदमा सिताराम जोशीलाई टिकट प्रदान गरिएको छ भने उप प्रमूखमा धौलीदेबी रावललाई टिकट दिईएको छ । नेपाली कांग्रेस डोटीले टिकेट बितरणमा ढिलाई गरेको भन्दै शनिबार पार्टी कार्यालयमा तालाबन्दी समेत भएको थियो । यसअघि नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले टिकटको टुंगो लगाईसकेका छन् । नेकपा माओबादी केन्द्र र राप्रपा लगायतका अन्य दलहरुले अझै टिकट टुंग्याउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप