सामुदायिक वनबाट यो आर्थिक वर्षमा दुई करोड आम्दानी
काठमाडौँ, १४ जेठ । वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा रु एक करोड ९१ लाख आम्दानी गरेको छ ।
विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिए ।
विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएपनि बहुमूल्य काठको बिक्री वितरणबाट जम्मा भएको रकमको १५ प्रतिशत भने सम्बन्धित जिल्ला वन कार्यालयले लिँदै आएको छ । विभागले आव २०७२÷७३ मा रु सात करोड आम्दानी गरेपनि यो वर्षभने धेरै कम आम्दानी गरेको हो ।
विसं २०३० मा सिन्धुपाल्चोकको ठोकर्पा वनमा सिन्धुपाल्चोकका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको योगदानमा सामुदायिक वनको अवधारणा सुरु भए पनि हाल नेपालमा १९ हजार ३६१ सामुदायिक वन छ । अहिलेसम्म ७४ जिल्लामा सामुदायिक वन छ भने मुस्ताङमा कुनै सामुदायिक वन छैन । उक्त सामुदायिक वनबाट हाल २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएको विभागले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण