विधानसँगै पलेँटीमा गुन्जिए युवापुस्ता
आइतबार, १४ जेठ २०७४, १६ : ४२
काठमाडौं, जेठ १४– पृथक शैलीका युवा गायक विधान श्रेष्ठको प्रस्तुतीसँगै १२ वर्षदेखि चल्दै आएको पलेँटी श्रृंखला नयाँ चरणमा प्रवेश गरेको छ । आधुनिक नेपाली गायनको उत्पत्ति र यसको विकासक्रमबारे सम्झना गराउँदै अघिबढेको पलेँटीमा विधानसँगै युवा पुस्ताको प्रनि प्रवेश भएको छ ।
कालजयी गीतहरुका कारण तन्नेरी भइकन पनि विधान सबै उमेर समूहका श्रोतामाझ प्यारा छन् । यीनै विधानले श्रोताले खचाखच भरिएको नेपालयको आरशालामा सबैभन्दा पहिले ‘आज नाच्छे मेरी गौरी’ गीत गाएर सुरु गरे ।
‘जाँदैछु टाढा’, ‘जलन छातीको’, ‘सजिएकी बेहुली जस्तै’, ‘तिमीलाई साथ दिने मेरो हात’ र ‘छाडिजाने मायालुलाई’ हुँदै अघि बढेपछि त्यसपछिको गीतबारे चर्चा मात्र के सुरुभएको थियो कार्यक्रमको तापक्रम एक्कासी बढ्न पुग्यो ।
हंगकंगको संगम ब्याण्डले निकै अगाडि गाएको र नेपाली श्रोताहरुले बिर्सिसकेको एउटा गीतलाई विधानले केहि दसकअघि पुनर्जन्म गराएका थिए । यो त्यही गीत थियो, ‘सोल्टिनी भनी बोलाको, सासुपो रैछौ नि आम्मै आम्मै, गालपा¥यो आँखाले ठ्याम्मै ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै ।’
यो गीतसँगै विधानका चर्चित नम्बरहरुको लहर लागेको थियो । लगत्तै उनले उत्तिकै लोकप्रिय उनको अर्को पुरानो गीत सुनाए, ‘कान्छीको अल्लारे जोवन, मखमली फूल फुलेझैँ ।’
कार्यक्रममा उनले आफुलाई मनपर्ने भन्दै अरु गायकले गाएका दुई गीत पनि सुनाए ।
एउटा उनकै पिताले तयार पारेको ‘म पत्थरको देवता होइन’ थियो भने अर्काे नोर्देन रुम्बाको शब्दमा नारायणगोपालले गाएका ‘मेरा सबै रात अब मातहरु’ थियो ।
‘तारा जून’ र ‘बिर्सूँ भनेर चोट’, ‘ज्ञानबहादुर छोरा’ लगायत गीतबाट पनि उनी दर्शकलाई मनोरन्जन दिन सफल भए ।
कार्यक्रममा विधानले सिमानामा भारतीय अतिक्रमण विरोधी स्वर उराल्दै ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’,‘ ‘एकता नै बल हो’ लगायत गीत सुनाएर कार्यक्रमको बिट मारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण