शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो बनेर आयो निश्चल र स्वस्तिमाको ‘कुटुमा कुटु सुपारी दाना’

आइतबार, १४ जेठ २०७४, १६ : ५०
आइतबार, १४ जेठ २०७४
काठमाडौ, जेठ १४ –चर्चित निर्देशक निश्चल बस्नेतले धर्मपत्नी स्वस्तिमा खड्कासँग पहिलो पटक अभिनय गरेको चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दानां...’गीत सार्वजनिक भएको छ । असिम शाहको निर्देशनमा एजिटु वान प्रोडक्सनमा र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको युट्युव मार्फत सार्वजनिक गीतमा निश्चल र स्वस्तिको निकै आकर्षक नृत्य रहेको छ । गीतमा चलचित्रका अर्का नायक आशिफ शाह र बुद्धि तामाङ पनि देखिएका छन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको ‘कुटुमा कुटु सुपारी दाना’ गीतलाई राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतमा राजनका अलवा ईशान र मेलिना राईको स्वर रहेको छ । इटहरीमा गीतको भिजुअल छाँयाकन भएको हो । जसको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । चलचित्र यहि भदौ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । – गीतले पनि छिटै नै स्रोता तथा दर्शकको मन जित्न सक्ने निर्देशक शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप