महाभियोग प्रस्ताव अघि नबढाउन माग गर्दै प्रस्ताव र समर्थकले नै दिए निवेदन
काठमाडाैं, जेठ १४ – वर्तमान राजनीतिक परिस्थिति र शीर्ष नेताहरुको सहमतिको प्रयासलाई सार्थक बनाउन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक र समर्थक दुवैले प्रस्ताव अघि नबढाउन निवेदन दिएका छन् ।
महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले प्रस्ताव दर्ता भएको ३३ दिनपछि आइतबार (आज)सभामुखलाई भेटेर प्रस्ताव अघि नबढाउन माग गर्दै निवेदन दिएका हुन् ।
निवेदनमा ‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्ताव अघि नबढाउन अनुरोध गर्दैछौं ।’ भनिएको व्यहोरा उल्लेख गरेको प्रस्तावक विश्वकर्माले रातोपाटीसँग बताए ।
प्रधानन्यायाधीश कार्किविरुद्ध गत बैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले महाअभियोग दर्ता गरेका थिए । लगत्तै त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र शम्शेर राणाको इजलासले अन्तरिम आदेश दिएर महाअभियोग अघि नबढाउन आदेश दिएको थियो ।
शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा महाअभियोग फिर्ता लिने सहमति जुटेअनुसार आफुहरुले प्रस्तावअघि नबढाउन निवेदन दिएको विश्वकर्माले बताए । उनका अनुसार व्यवस्थापीका संसदको नियामावलीअनुसार प्रस्ताव निष्कृय बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण