एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो
काठमाडौँ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी प्रतियोगितामा ६ अङ्क जोड्यो भने पुलिसको ४ अङ्क छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको झिनो योगफल तयार ग¥यो । पुलिसले दिएको ११० रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११६ बल बाँकी छर्दै पूरा ग¥यो । आर्मीले ३० दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो ।
पहिले ब्याटिङ गरेको पुलिसका लागि दिलीप नाथले सर्वाधिक ५० रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए ।
जारी प्रतियोगिताको एकै खेलमा– ६ विकेट लिने सुशन दोस्रो खेलाडी बने । त्यसअघि आर्मीकै जितेन्द्र मुखियाले सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा ६ विकेट लिएका थिए ।
त्यस्तै आर्मीको जितमा कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गरे । पचास बल खेलेका विनोदले ७ चौका एक छक्काको मद्दतमा ४६ रन जोडे । यता नरेशले ७४ बल खेल्दै १ छक्का र तीन चौका प्रहार गर्दै ४१ रन बनाए ।
त्यसैगरी महेश क्षेत्रीले १३, सागर पुनले ११ रन जोडे । पुलिसका ललितसिंह भण्डारीले दुई विकेट लिए भने सुशील कँडेलले १ विकेट लिए । भोलि समूह ‘ए’ मा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चल विकास क्षेत्रवीच खेल हुनेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण