नेपाल धितोपत्र बोर्डले लागू गर्यो निर्देशिका
आइतबार, १४ जेठ २०७४, १८ : ०६
काठमाडौं, जेठ १४– पूँजी बजारमा संरचनात्मक सुधार गर्न धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू भएको छ । धितोपत्र वोर्डले यो निर्देशिका लागू गरेको हो ।
निर्देशिकामा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को कार्यान्वयनका साथै वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेश, धितोपत्रको प्रिमियम मूल्य निर्धारण, धितोपत्र निष्काशन गरी सूचीकरण हुन लाग्ने विगतको करीव ६ महिनाको समयावधि उल्लेख्य रुपमा घटाउनेसहितका व्यवस्था गरेको छ ।
यस्तै, आस्वा अनिवार्य लागू भए पश्चात पूँजी बजारमा बढी भन्दाबढी लगानीकर्ताको पहँुच बढाउन सम्भव भएसम्म दरखास्त दिने सवैलाई धितोपत्र बाँडफाँट गर्न सक्ने लगायतका व्यवस्था गरेको छ ।
निर्देशिकामा हाल ४० प्रतिशत धितोपत्र साना लगानीकर्ता र ६० प्रतिशत धितोपत्र अन्य लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा दश कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्था गरी लगानीकर्ताको सहभागितामा जोड दिइएको छ ।
यस्तै, संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत जारी गरेको शेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने तर पूरा बिक्री नभएमा मात्र अन्यले पनि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।
धितोपत्रको अभौतिकीकरणका लागि केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनु पर्नेे व्यवस्था गरिएको र पहिले कम्तिमा ५० प्रतिशत धितोपत्रको बाँडफाँट भए पश्चात मात्र सूचीकरणको लागि निवेदन दिन.पाउने व्यवस्था थियो ।
त्यसैगरी हाल बाँडफाँड अवधि २० दिन छोट्याई अव आस्वा अनिवार्य रुपमा लागू भएपश्चात आइपीओ निष्काशनदेखि कारोवार सम्म लाग्ने ६ महिनाको समयावधिलाई बढीमा २ महिनामा झर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण