यस्तो छ निर्वाचन आयोगले दिएको २८१ स्थानीय तहको परिणाम
आइतबार, १४ जेठ २०७४, १८ : ३०
काठमाडौं, जेठ १४– निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमध्ये २८१ स्थानीय तहको परिणाम सार्वजनिक गरेको छ । आयोगले विज्ञप्ति जारी गरी दुई वटा स्थानीय तहको मात्रै अन्तिम परिणाम आउन बाँकी रहेका जनाएको छ ।
आयोगकाअनुसार २ सय ८१ स्थानीयत तहमा १३ हजार १६० प्रतिनिधि निर्वाचित भएका छन् ।
कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, जम्मा २८३ वटा स्थानीय तहमध्ये २८१ स्थानीय तहको मतगणना कार्य सम्पन्न भई उम्मेदवारहरूको विवरण प्राप्त भएको आयोगले जनाएको छ ।
अब चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका गरी २ वटा स्थानीय तहको विवरण आयोगलाई प्राप्त हुन बाँकी छ ।
पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष २८१, उपाध्यक्ष÷उपप्रमुख २८१, वडाध्यक्ष २ हजार ५५१, वडा सदस्य ५ हजार ९८, महिला सदस्य २ हजार ५४७ र दलित महिला सदस्य २ हजार ४०२ जना निर्वा्चित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण