वैद्यका काठमाडौं महानगरमा मेयरका उम्मेदवार आठौं स्थानमा (कसले कति पाए ?)
आइतबार, १४ जेठ २०७४, २० : ०२
काठमाडौं, जेठ १४– काठमाडौं महानगरपालिकाको आइतबार सम्पन्न मतगणनामा मोहन वैद्य नेतृत्वको माओवादी उम्मेदवार आठौं स्थानमा रहन पुगेका छन् ।
वैद्य माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट काठमाडौं महानगरपालिकामा गोर्कीप्रसाद श्रेष्ठलाई स्वतन्त्र उम्मेदवारका रुपमा खडा गरेका थिए । पत्रकारसमेत रहेका श्रेष्ठले चुनाव चिन्ह इँटा पाएका थिए ।
काठमाडौं महानगरपालिकामा विवेकशील पार्टी २३ हजार ७ सय ९३ मत ल्याइ तेस्रो स्थानमा रहँदा वैद्यका उम्मेदवार श्रेष्ठ मात्र १६४ मत प्राप्त गरी आठौं स्थानमा रहन पुगे । माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तममान डंगोलले ७ हजार ९ सय ६ मत प्राप्त गरी पाँचौ स्थानमा रहे ।
२ लाख ७९ हजार मतदाता रहेको काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत प्राप्त गरी विजयी भएका थिए ।
दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका राजुराज जोशीले शाक्यले भन्दा १९ हजार कम ४५ हजार २ सय ७९ मत प्राप्त गरे ।
भर्खरै मात्रै बीबीसीको जागिर छाडेर साझा पार्टी गठन गरेका रबीन्द्र मिश्रका उम्मेदवार किशोर थापाले स्वतन्त्र चिन्हबाट सम्मानजनक १८ हजार ४ सय ९६ मत प्राप्त गरे ।
नयाँ शक्ति पार्टीका मेयरका उम्मेदवार पवित्र बज्राचार्यले ६ हजार ५० मत प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टीका कुलनारायण डंगोलले २ सय ६६ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण