लैङ्गिकमैत्री सहर निर्माणमा स्थानीय तहको भूमिका
आइतबार, १४ जेठ २०७४, २० : १४
काठमाडौँ, जेठ १४ – विभिन्न राजनीतिक दलका नेता तथा सांसदले महिलामाथि हुने हिंसा अन्त्यका लागि भएका कानुन कार्यान्वयनसँगै जनचेतनाको आवश्यकता औँल्याएको छ ।
युथ एड्भोकेसी नेपाल (यान), एक्सन एड नेपाल, होमनेट नेपाल, महिला एकता समाज र राष्ट्रिय महिला अधिकार मञ्चलगायतका सङ्घसंस्थाद्वारा यहाँ आज आयोजित ‘लैङ्गिकमैत्री सहर निर्माणमा स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रियामा सांसदले कानुनमा मात्र कडाइ गर्नेभन्दा पनि चेतनशील जमात उत्पादन गर्नु पर्ने बताए ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति तथा सांसद रञ्जुकुमारी झाले अब युवाले मात्र सचेतनामार्फत लैङ्गिक हिंसा अन्त्य गर्न सक्ने दाबी गरे ।
नेकपा (माओवादी केन्द्र) की नेत्री तथा सांसद अनिता परियारले भने, ‘हामीले महिला हिंसा अन्त्यका लागि जहिले पनि कडाभन्दा कडा कानुन बनाउनुपर्छ भन्छौँ, तर कानुन मात्र होइन, जनचेतना फैलाउनुपर्छ, संस्कार परिवर्तन गर्नुपर्छ ।’
अधिवक्ता सुनिता रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहले शिक्षा प्रणाली समयानुकूल बनाउनुपर्ने, महिला सहभागीतालाई प्राथमिकता दिनुपर्ने र सञ्चारमाध्यमलाई लैङ्गिक मैत्री बनाउनुपर्नेमा जोड दिए ।
युथ एड्भोकेसी नेपाल (यान) का अध्यक्ष नरेन खतिवडाले सार्वजनिकस्थललाई लैङ्गिक मैत्री बनाउनका लागि सङ्घीय, प्रान्तीय तथा स्थानीय तीनवटै सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।
सार्वजनिक स्थान, मूलतया यातायातका साधन, सडक, सामाजिक सञ्जाल, सिनेमा हलजस्ता सार्वजनिक स्थलमा महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै युथ एड्भोकेसी नेपाल (यान) मा आबद्ध युवाले काठमाडौँ लगायतका सहरमा प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण