राजपा नेपाललाई फकाउँदै तीन दल, बालुवाटारमा निर्णायक वार्ता
आइतबार, १४ जेठ २०७४, २० : १५
काठमाडौ जेठ १४– सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी दल एमाले शनिवारदेखि राष्ट्रिय जनता पार्टी नेपाललाई फकाउनमा लागेका छन् ।
स्थानीय तह दोस्रो चरणको चुनाव विथोल्ने गरी आन्दोलन घोषणा गरेपछि दलहरुले वार्ता र छलफललाई तीब्रता दिएका छन् ।
शनिवार विहान काँग्रेस पार्टीले आफ्नो हेडक्वाटरमा बोलाएर राजपा नेपालसँग छलफल गरेको थियो भने त्यही दिन साँझ बालुवाटारमा तीन दलले पुनः राजपासँग छलफल गरेको थियो । यद्यपी छलफलले कुनै निष्कर्ष निस्कन सकेन ।
अहिले पुनः बालुवाटारमा तीन दलका नेताले राजपा नेपालका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा जानुअघि राजपा नेपालको बैठक बसेको थियो ।
बैठकले सविधान संशोधन, जनसँख्याको आधारमा स्थानीय तहको सँख्या थप्ने, मुद्दा फिर्ता, बन्दी रिहा, शहीद घोषणा क्षतिपूर्ति नपाएसम्म चुनावमा भाग नलिने निर्णय गरेको छ ।
शनिवार साँझ बसेको बैठकमा सकारात्मक छलफल भएको र आइतबार टुंगोमा पुग्ने गरी बैठक बसिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण