पोखरामा निर्वाचितहरुद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
आइतबार, १४ जेठ २०७४, २० : ३२
पोखरा, जेठ १४ – पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवम् सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
जिल्ला समन्वय समितिको सभाकक्षमा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र ३३ वटै वडाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
सोही अवसरमा महानगर प्रमुख जिसीले वडा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो । कार्यक्रममा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्राकृतिक रुपमा सुन्दर पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन नवनिर्वाचित जनप्रतिनिधिको भूमिका महत्वपूर्ण बन्ने बताए ।
नगर प्रमुख जिसीले महानगरलाई सुशासनयुक्त बनाउनेमा जोड दिँदै महानगरको विकासका लागि सम्बद्ध सबैको सहयोग आवश्यक हुने बताए । उनले महानगरभित्र महानगरपालिकाको तर्पmबाट सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत वृद्धि गर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र स्थानीय विकास अधिकारी बलराम ढकालको समेत उपस्थिति रहेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण