शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धादिङमा बस दुर्घटना, ३ को मृत्यु, ३० जना घाइते

आइतबार, १४ जेठ २०७४, २० : ३५
आइतबार, १४ जेठ २०७४
धादिङ, १४ जेठ— धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अरु ३० बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सन्तकुमार राईले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सदरमुकाम धादिङबेसीबाट ग्रामिण क्षेत्रमा पर्ने खहरे भन्ने स्थानतिर जाँदै गरेको ग १ ख ३८०५ नम्बरको बस आइतबार साँझ निलकण्ठ नगरपालिका १० स्थित भकारे भन्ने स्थानमा दुर्घटना भएको हो । बस सडकबाट दुई सय मिटर तल खसेको छ । बस घुम्तीमा मोडिने क्रममा एक्कासि भीरतिर खस्न पुगेको बताइएको छ । प्रहरीका अनुसार घटनास्थलमा प्रहरी र स्थानीयबासीद्वारा उद्दार कार्य जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप