वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या घट्यो
आइतबार, १४ जेठ २०७४, २० : ४७
काठमाडौँ, जेठ १४ – श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या एक लाख ८६ हजार १६६ रहेको छ । जसमध्ये पुरुष एक लाख ७६ हजार ८३१ जना र महिला नौ हजार ३३५ रहेको छ ।
सबैभन्दा बढी कतारमा ६२ हजार २६९, साउदी अरबमा ४३ हजार १८३, मलेसियामा ३८ हजार ४६४, युनाइटेड अरब इमिरेट्स ९युयई०मा २६ हजार २५१, कुवेतमा पाँच हजार ६४८ जना र बाँकी अन्य देश रहेका छन् ।
आव २०६३÷६४ देखि आव २०७२÷७३ सम्ममा ३६ लाख १९ हजार ९८१ वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेमध्ये एक दशमलव पाँच प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ दशमलव पाँच प्रतिशत अदक्ष कामदार रहेका छन् ।
गत आवमा दुई दशमलव नौ प्रतिशतभन्दा कम रोजगारी वृद्धिदर रहेकामा यो चालु आवमा रोजगारी वृद्धिदर थोरै बढेर तीन प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।
आठ महिनामा ३१५ को वैदेशिक रोजगारको क्रममा मृत्यु
चालु आवको पहिलो आठ महिनामा ३१५ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३०८ पुरुष र सात महिला मृतक कामदारका परिवारलाई आर्थिक सहायता रकम रु नौ करोड ४० लाख १५ हजार वितरण गरियो ।
आव २०६५/६६ देखि २०७२/७३ सम्म पाँच हजार ३२८ पुरुष र ११६ महिला गरी जम्म पाँच हजार ४४४ जनाको वैदेशिक रोजगारकिो क्रममा मृत्यु भएको छ । यसरी मृत्यु भएका परिवारलाई बोर्डले रु ९२ करोड ५६ लाख ६९ हजार उपलब्ध गराएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण