शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आफैँले बोकेको बन्दुक पड्कँदा ज्यान गयो

आइतबार, १४ जेठ २०७४, २० : ५७
आइतबार, १४ जेठ २०७४
बाबियाचौर (म्याग्दी), जेठ १४ – अन्नपूर्ण गाउँपालिका–७ महभिरमा बन्दुकको गोली लागेर एक सिकारीको ज्यान गएको छ । हिस्तानको जङ्गल क्षेत्रमा शनिबार राति सिकार खेल्न गएका मालिका गाउँपालिका–२ रुमका ३४ वर्षीय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महभिरस्थित ससुरालीमा बस्दै आएका पुन ढुङ्गामा चिप्लिएर लडेपछि आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घाइते भएका थिए । घटनाको अनुसन्धानका लागि पुनसँगै सिकार खेल्न गएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका २० वर्षीय विवेक शेरपुञ्जा र अन्नपूर्ण–१ दोवाका ३४ वर्षीय खुमबहादुर पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप