यसरी फाँडियो डोल्पामा तिनसय पाँच बर्गमीटर क्षेत्रफलमा लगाईएको अफिम खेती ( हेर्नुस तस्वीरमा)
आइतबार, १४ जेठ २०७४, २१ : १९
रामचन्द्र न्यौपाने
डोल्पा, जेठ १४– दुर्गम जिल्ला डोल्पामा पहिलो पटक नसाजन्य लागुपदार्थ अफिम खेती गरिएको पाईएको छ । यहाँको ठुलीभेरी नगरपालिका स्थित वडा नं ९ डाँगीवडामा नसाजन्य लागुपदार्थ अफिम खेती गरिएको पाईएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
बिशेष सुचनाका आधारमा आईतबार साझ जिप्रका डोल्पाबाट गएको प्रहरी टोलीले उक्त अफिम खेती नष्ट गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिए ।
सोही ठेगानाका हरिनन्द डाँगीको तिन सय पाँच बर्गमीटर क्षेत्रफलमा फैलिएको जग्गामा लगाईएको अफिम खेती नष्ट गरिएको खड्काले जानकारी दिए ।
अफिम खेती गरेको आरोपमा पक्राउ परेका ठुलीभेरी–९ का डाँगीलाई जिप्रका डोल्पामा ल्याईएको र निजलाई लागुऔषध नियन्त्रण एैन २०३३ अनुसार कारवाहीहुने प्रहरीले जनाएको छ ।
निज कसुरवाला डाँगीको घरबाट केही ग्राम अफिम समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण