डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला
आइतबार, १४ जेठ २०७४, २१ : ४०
सोलुखुम्बु, जेठ १४ – सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।
सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् ।
उनीहरुको शव आज हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
यसैबीच सगरमाथा आधार शिविरमा एक नेपालीको ज्यान गएको छ । गुदेल–५ घर भएका गोठकुवीर राईको शनिबार सगरमाथा आधार शिविरमा ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण