शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एउटै चुनाव चिह्नबाट चुनाव लड्न मधेवादी शक्तिसँग आह्वान

आइतबार, १४ जेठ २०७४, २१ : ५०
आइतबार, १४ जेठ २०७४
पर्सा, जेठ १४ – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटै चुनाव चिह्नबाट चुनाव लड्न सबै मधेवादी शक्तिसँग आह्वान गरेको छ । सङ्घीय समाजवादी फोरमद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस विरोधी शक्तिलाई पराजित गर्न सबै मधेसवादी शक्ति एक हुन आवश्यक रहेको बताए । अध्यक्ष यादवले लामो समयदेखि स्थानीय निर्वाचन नभएकाका कारण स्वास्थ्य, शिक्षाको स्तर खस्किएको र भ्रष्टाचार मौलाउँदै गएकाले स्थानीय निर्वाचन सम्पन्न भएपछि भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरे । कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दीले स्थानीय तह निर्वाचनमा फोरम नेपाल सहभागी भई मधेस मुुद्धाबाट पछाडि नहटेको प्रस्ट पारे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप