बस दुर्घट्नाका पाँच जनाको मृत्यु, १६ जना घाइते
आइतबार, १४ जेठ २०७४, २२ : ११
काठमाडौं, जेठ १४– उत्तरी धादिङको भकारेमा आइतबार साँझ भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
धादिङबेसीबाट टारी बेसी हिडेको बस बाटोमा विग्रिएपछि पछि यात्रु लिन त्रिपुरेश्वर बोर्डिङ स्कुलकोे ग १ ख ३४०५ नम्बरको बस गोला भञ्ज्याङ आएको थियो । यात्रु लिएर जाने क्रममा भकारेमा उक्त बस दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा परी तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकको सनाखत भइनकेको प्रहरीले जनाएको छ । घटना लगत्तै स्थानीयवासीले घटनामा ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।
बस सडकबाट करिब झण्डै एक सय मिटर तल बारीमा खसेको छ । दुर्घटना लगत्तै स्थानीयवासी र घटनास्थलबाट नजिकको प्रहरी चौकी सल्यानकोटमा प्रहरी उद्धारमा खटिएका थिए ।
बस दुर्घटनामा घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण