मतपत्र च्यातिएपछि चितवनको मतगणना अनिश्चित
सोमबार, १५ जेठ २०७४, ०३ : ३६
चितवन, १५ जेठ— मतगणनाको क्रममा माओवादी र एमाले प्रतिनिधिबीच विवाद बढेपछि मतपत्र नै च्यातिदा भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । गएराती मतगणनाको क्रममा माओवादी प्रतिनिधिले २ ओटा मतपत्र च्यातिदिएको बताइएको छ । वाइसियल नेता मधु न्यौपाने लगायतले मतपत्र च्यातेको आरोप लागेको छ । तर, माओवादी केन्द्रका नेताहरुले भने हार्ने भएपछि एमालेले अनावश्यक बखेडा निकाल्दा यो अवस्था निम्तिएको दाबी गरेको छ । विवादपछि बिहान ५ बजेसम्म पुनः मतगणना गर्न बैठक समेत बस्न सकेको छैन । धेरै संख्यामा मतपत्र च्यातिएकाले अब के गर्ने भन्नेमा समेत अन्योलता रहेको छ । अहिले मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच प्रहरीले वाइसियलका न्योपाने र अर्का द्रोण सिवाकोटीका साथै एमालेका गंगा लामालाई पक्राउ परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण