गणतन्त्र दिवसमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीको शुभकामना सन्देश : सहमति र संविधान कार्यान्वयनमा जोड
काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छिन्।
राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापनाका लागि पटक/पटक भएका आन्दोलन तथा विभिन्न आरोह÷अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको बताएकी हुन् । उनले दशौँ गणतन्त्र दिवसको अवसरमा हाम्रा सम्पूर्ण ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सन्देशमा भनिएको छ, “सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी छ ।”
नयाँ संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासनप्रणाली स्थापित तथा संस्थागत गरिसकेपछि अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैलीमार्फत मुलुकको आर्थिक सामाजिक समृद्धिको यात्रा प्रारम्भ गरी आमजनतालाई राजनीतिक स्वतन्त्रता र अधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसमेत प्रत्याभूत गर्नुपर्ने बेला भएकामा राष्ट्रपतिले जोड दिएकी छिन् ।
हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुद र संस्थागत गर्न मद्धत पु¥याएको तथा अब हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आफूले विश्वास लिएको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा तथा सहिदका सपना साकार पार्नु हामी सबैको सामूहिक दायित्व र कर्तव्य बनेको छ । यसका लागि हिजो सङ्घर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक छ ।”
उपराष्ट्रपति शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण शासकीय अधिकार सार्वभौमसत्ता सम्पन्न जनतामा आउने गरी जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको आजकै दिन ऐतिहासिक दिन हो भनेका छन् ।
गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/०६३को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपति पुनले सङ्घर्षका क्रममा घाइते भएका सम्पूर्ण योद्धाको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । सन्देशमा उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दै उनीहरुको अवस्था सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास लिएका छन् ।
उनले सन्देशमा भनेका छन्, “सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था गणतन्त्रसँगै नेपाली जनताले प्राप्त गरेका प्रमुख राजनीतिक उपलब्धि हुन् । यसबीचमा स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएसँगै नयाँ संविधानमा संस्थागत राजनीतिक उपलब्धि व्यवहारमा देखिदै गएका छन् ।
गणतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्नो शासन आफै गर्ने प्रमाणित गर्ने गरी बनेका स्थानीय तहहरु शक्तिशाली छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन पनि उत्सवको रुपमा सम्पन्न गर्न आमनेपालीमा गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास लिएको छु ।”
प्रधानमन्त्री शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।
आज उनले शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जलि अर्पण गरेका छन् । जनताको सङ्घर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी सङ्घीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको प्रधानमन्त्रीले बताएका छन्।
सन्देशमा भनिएको छ–“यही जेठ ३१ गते उल्लासमय रूपमा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न हुँदैछ । स्थानीय तहको निर्वाचनपश्चात् नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएकाले पहिलो चरणको निर्वाचन झैँ दोस्रो चरणको निर्वाचनमा पनि सम्पूर्ण नेपालीहरूको सहयोग र सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु ।”
संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलुकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता भएको प्रधानमन्त्रीले बताएका छन् ।
यही २०७४ माघ ७ गतेसम्म सम्पन्न हुने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनपछि संविधानको कार्यान्वयनले पूर्णता पाउने र सङ्क्रमणकालको अन्त्य हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् । उल्लेखित कार्यभार पूरा गर्न सरकार सबै पक्षहरूसँग सम्वाद, सहमति र सहकार्यका लागि क्रियाशील रहँदै आएको तथा यस कार्यमा सम्पूर्ण राजनीतिक दल तथा समस्त नेपालीहरुबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास आफूले लिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
नेपालको संविधान कार्यान्वयन, पुनःनिर्माण तथा नवनिर्माण र आर्थिक विकासका विविध पक्षमा महत्वपूर्ण सहयोग पु¥याउनका साथै सहिदका अधुरा सपना, जनताका असीमित आकांक्षा पूरा गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न उनले आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण