गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण
पर्वत, १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो । कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
कारागारमा रहेर बन्दी जीवन बिताइरहेका ८७ जनाको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । सात जना महिला र ८० जना पुरुषको आँखालगायत अन्य स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लबका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिए ।
परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामी भने भेटिएका छैनन् । उनीहरुलाई ११ वटा चस्मासमेत निःशुल्क वितरण गरिएको थियो । आँखा बिरामीको परीक्षण हिमालय आँखा अस्पताल पोखराका डाक्टर र अन्य स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतका चिकित्सकद्वारा गरिएको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण