हावाहुरी पीडितलाई जस्तापाता वितरण
सोमबार, १५ जेठ २०७४, ०९ : ४१
लहान, १५ जेठ । हावाहुरीका कारण पीडित भएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ र ५ का स्थानीयलाई आइतबार राहतस्वरुप घर छाउन जस्तापाता वितरण गरिएको छ ।
कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरीले गत जेठ १ गते साँझ आएको हावाहुरीका कारण घरमा क्षति पुगेका शम्भुनाथ नगरपालिका ३ र ५ का १४६ पीडित परिवारलाई राहतस्वरुप जस्तापाता वितरण गरेको हो ।
हावाहुरीले घरमा छाएको जस्तापाता उडाएको र घरमा क्षति पुगेका स्थानीय पीडित परिवारलाई प्रतिपरिवार नौ फिटे १६ थानका दरले जस्तापाता वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले जानकारी दिए ।
हावाहुरीबाट पीडित परिवारलाई थोरै भए पनि राहत पु¥याउने उद्देश्यले जस्तापाता वितरण गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण