आर्थिक बर्ष ०७४/७५ बजेट आज आउँदै, यस्ता छन् बजेटका प्रमुख विशेषता
काठमाडौं, जेठ १५ – संबैधानिक व्यवस्था अनुसार आज सरकारले आर्थिक बर्ष ०७४/७५ को बजेट सार्वजनिक गर्दैछ ।
आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने बजेट झण्डै १३ खर्बको हुनेछ ।
योजना आयोगले १२ खर्व ६ अर्बको बजेट सिलिङ दिएपनि यस वर्षको बजेट त्यो भन्दा केही बढी हुने भएको हो । अर्थ मन्त्रालय श्रोतका अनुसार राष्ट्रिय गौरवका योजनालाई बजेट अभाव हुन नदिन बजेट विनियोजन गर्दा केही बढेको हो । ठूला जलविद्युत आयोजना, रणनीतिक सडक र विभिन्न राजमार्ग निर्माणका लागि प्रयाप्त बजेट छुट्याएकाले पनि बजेटको आकार बढेको अर्थमन्त्रालय उच्च श्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएपछि बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तराता दिएको बताइएको छ ।
बजेटमा स्थानीय तहलाई समेत प्राथमिकतामा राखिएको बुझिएको छ । सरकारले बजेट विनियोजना गर्दा प्रत्यक गाउँपालिकालाई ५ देखि ६० करोडसम्म र नगरपालिकालाई १५ करोड देखि २ अर्ब रुपैँयाँसम्म उपलव्ध गराइने व्यवसथा मिलाइएको छ ।
त्यस्तै यस वर्षको बजेटमा कर्मचारीको तलव नबढ्ने भएको छ । गत बर्ष २५ प्रतिशतले तलव बढेको थियो । त्यस्तै भूकम्पपछिको पुन:निर्माणमा यस बर्ष डेढ खर्व बजेट छुट्याइएको छ । पुन:निर्माणमा गत बर्ष एक खर्व ४० अर्व छुट्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण