एमालेले पत्रकार सम्मेलन गर्दै भन्यो – ‘छापामार शैलीमा मतपत्र च्यातियो’
सोमबार, १५ जेठ २०७४, १० : १५
चितवन, जेठ १५ – एमालेले भरतपुर महानगरपालिकाको मतगणना तुरुन्त सुरु गर्न माग गरेको छ । नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी मतगणना सुरु गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा भएको घट्नाको विरोध गर्दै जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न नमिल्ने भन्दै जनमतको कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने बताए ।
यसैबीच एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना अन्तिम भएका बेला गतराति दलकै प्रतिधिले मत्रपत्र च्यातेपछि मतगणना स्थगित गरिएको छ ।
मतपत्र कसले च्यातेको हो भन्ने प्रष्ट नभएपनि प्रतिश्पर्धी एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई दोष दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण