शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टेलिभिजन पत्रकारलाई कठालोमा समातेर घिसार्दै भ्यानमा राखेर पुलिस थाना पुर्याइयो

सोमबार, १५ जेठ २०७४, १० : ३५
सोमबार, १५ जेठ २०७४

एजेन्सी

जेठ १५ – पुणे जिल्लाको आंबगाव तहसिलमा एक टेलिभिजन च्यानलका संवाददातालाई पुलिसले कठालो समातेर पिट्डै भ्यानमा हालेको खबर सार्वजनिक भएको छ ।

स्रोतका अनुसार आइतबार दिउँसो एक खबरका लागि जाँदै गर्दा पत्रकारले सडकको किनारामा एक शव देख्दा त्यसको सुटिङ गर्न थाले । यी पत्रकारलाई पुलिस उपरिक्षकले घटनास्थलबाट तुरुन्त हट्ने आदेश दिए । जसका कारण पुलिस र पत्रकारबिच बहस भयो । बहसले यस्तो रुप लियो कि पुलिस अधिकारीले एक च्यानलका पत्रकारलाई कुट्दै र घिसार्दै ‘तँमाथि हत्याको मुद्दा दर्ता गर्छु’ भन्दै भ्यानमा हाले । घटनाका बेला त्यहाँ अन्य च्यानलका पत्रकार पनि थिए, उनीहरु सबैमाथि ती पुलिसले अभद्र व्यवहार गरे ।

घटनाको १२ घण्टा पछि पनि टेलिभिजन पत्रकारलाई अम्बेगांव पुलिस थानामा राखिएको थियो । पुलिसका अनुसार ती पत्रकारहरुले सरकारी काममा बाधा पैदा गरे जबकी पत्रकारले भने घटनास्थलको सुटिङ गरिरहेको बताए । दुबै पक्ष आ–आफ्नो कुरामा अडिग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप