शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डोटीमा माओवादी केन्द्रले उम्मेदवारको नाम टुंग्यायो

सोमबार, १५ जेठ २०७४, १० : १७
सोमबार, १५ जेठ २०७४
कर्ण चन्द जेठ १५, डोटी-माओवादी केन्द्र डोटीले पनि स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । २ नगरपालिका र ७ गाउँपालीका भएको डोटी जिल्लामा माओवादीले आज प्रमुख पदका उम्मेदवारको नाम टुङ्ग्गाएको हो । माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिकाको मेयरमा प्रेम बहादुर नेपाली, उप–मेयरमा अन्जिता श्रेष्ठ र शिखर नगरपालीकाको मेयरमा रमेश जोशी ‘सैपाल’ र उप–मेयरमा नेत्रा साउद बोहरालाई उम्मेवादर बनाएको छ । गाउँपालिकाहरुमा बोगटान गाउँपालिका अध्यक्ष पदका लागी कमलबहादुर गडसिला ‘एनान’ र उपाध्यक्षका लागी चित्रा भुल, बड्डी केदार गाउँपालिकामा अध्यक्षका लागी जंग बि.क ‘शैलेन्द्र’ र उपाध्यक्षका लागि धनमाया घर्र्ती, जोरायल गाउँपालिकाको अध्यक्ष पदमा छबी ओली, के. आई सिंह गाउँपालिकामा अध्यक्षमा सिद्धराज भाट र उपाध्यक्षमा शारदा लुहार उम्मेदवार रहेको माओवादी केन्द्र डोटीले जानकारी दिएको छ । त्यसैगरी आर्दश गाउँपालिकामा अध्यक्षमा भरतबहादुर बोहरा ‘योगन्द्र’ , सायल गाउँपालिकाको अध्यक्षमा बलबहादुर ओली, पुर्बिचौकी गाउँपालिकाको अध्यक्षका लागी यज्ञ गिरी उम्मेदवार रहेको माओवादी डोटीका ईञ्चार्ज त्रिलोचन भट्टले जानकारी दिए । नयाँ शक्ति नेपाल डोटीसंग पार्टी एकता गरेको माओवादीले सबै स्थानीय तहको प्रमुख उम्मेदवार टुङ्गाएको छ । चार वटा स्थानीय तहको उप प्रमुखको उम्मेदवार भोलीसम्म छलफल गरेर टुङ्ग्याउने माओवादी केन्द्रले जानकारी दिएको छ । पार्टी एकता पछि भूगोल, संगठनमा सन्तुलन मिलाउन पर्ने भएकाले पहिला तयार भएका उप प्रमुख उम्मेदवार परिर्बतन गर्नु पर्ने भएकाले उप प्रमुखको उम्मेदवारी टुङ्ग्याउन समय लागेको माओवादी डोटीका ईञ्चार्ज त्रिलोचन भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप