पदक बेच्न थाल्यो भनेर दुःख नमान्नुहोस् : पुन
जनजाति महासंघ इजरायलद्वारा आविष्कार केन्द्रलाई साढे ५ लाख रुपैयाँ सहयोग
ललितपुर, १५ जेठ । नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले म्यागासेसे पुरस्कार प्राप्त महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
आविष्कार केन्द्रलाई रकम जुटाउन म्यागासेसे पुरस्कारलगायत पदक नै बिक्रीमा राखेका पुनलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को केन्द्रीय कार्यालय ललितपुर कुसुन्तीमा सो रकम आइतबार हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण समारोहमा अध्यक्ष जगतबहादुर बराम र नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङलगायत पदाधिकारीहरूले पुनलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोगका लागि धन्यवाद दिँदै आफूहरूले हुने खाने वर्गबाट भन्दा दुःख गरेर विदेशमा रहेकाहरू र श्रमजीवि निम्न वर्गबाट सहयोग बढी जुटेको कार्यक्रममा पुनले बताए, ‘बैंक, बित्तिय संस्था, उद्योगपति, ब्यापारीबाट अहिलेसम्म कुनै सहयोग आएको छैन ।’
‘पदक बेच्न थाल्यो भनेर दुःख नमान्नुहोस्,’ पुनले थप भने, ‘देशका लागि राम्रो काम गर्न सदुपयोग मात्रै गर्न खोजिएको हो ।’
आविष्कार केन्द्रको उद्देश्य, योजना र महत्व सरकारले अहिले ग्रहण नगरे पनि १०/१५ वर्ष पछि सरकार आफैले यो काम गर्ने विश्वास समेत पुनले व्यक्त गरे । महासंघका अध्यक्ष बरामले नेफिन इजरायललाई पवित्र कार्यका लागि धन्यवाद दिदैँ आविष्कार केन्द्रको योजना सफलताको शुभकामना दिएका थिए । त्यसैगरी, कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले सहयोग जुटाउने नेफिन इजरायललाई धन्यवाद दिइन् ।
इजरायल गत मे १३ मा २५६१औँ बुद्ध जयन्ति कार्यक्रममा उठेको रकम आविष्कार केन्द्रलाई हस्तारण गरिएको नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी तामाङले बताइन्, ‘इजरायलमा पसिना बगाइरहेका आदिवासी जनजातिहरूले आविष्कार केन्द्रको योजनालाई केही इँटा थप्न मात्रै खोजिएको हो ।’
कार्यक्रममा नेफिनका उपाध्यक्षहरू कृष्णकुमारी शेरचन, गोबिन्द छन्त्याल, लोकबहादुर दुरा, पूर्व महासचिव आङकाजी शेर्पा, सचिवहरू सुकविर थामी र सोनाम याङ्की मुगाली उपस्थित थिए । त्यसैगरी, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष र महासचिव जिएस गुरुङ र हेमन्त राई, फोनिजका अध्यक्ष डण्ड गुरुङ, जनजाति महिला महासंघका सचिव नानु थामी, नेफिन इजरायलका पूर्व पदाधिकारी तथा सल्लाहकारहरू भुपेन्द्र गुरुङ, चन्द्रमाया बम्जन तामाङ, फूर्वा ह्योल्मो, छोइसाङ ह्योल्मोलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण