क्यानाडामा मनाइयो गणतन्त्र दिवस
काठमाडौँ, जेठ १५ – गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास ओटवा क्यानडाले नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गरेको छ। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा नेपाल सरकार निरन्तर लागि परेको बताए।
शहीदहरुप्रति श्रद्वाञ्जली अर्पण गर्दै उनले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तिव्र बनाउनु आवश्यक भएको बताउँदैं नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता समेतका माध्यमबाट विदेशमा रहेका नेपाली समुदायलाई पनि मुलुकको विकासको मूलधारमा समेट्ने प्रयास गरेको बताए। व्यपार, लगानी र पर्यटन प्रवर्द्वनको माध्यमबाट नेपाल–क्यानडाबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउन क्यानडाका नेपाली समुदायले राजदूतावासलाई पुर्याएको सहयोगको लागि धन्यवाद दिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ–क्यानडाका उपाध्यक्ष श्री सुरेन उप्रेतीले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे।
त्यसैगरी, ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि श्री कमल महतले गणतन्त्र दिवस कार्यक्रम आयोजना गरेकोमा नेपाली राजदूतावासलाई धन्यवाद दिंदैं शुभकामना व्यक्त गरे।
नेपालको राष्ट्रिय गान बजाई शुरु भएको गणतन्त्र दिवस कार्यक्रममा महामहिम राजदूतले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए । शहीदहरुको संझानामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा ओटवामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र अटोवामा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण