शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर काण्डमा कांग्रेसले पनि मुख खोल्यो, यसो भने जिल्ला सभापतिले

सोमबार, १५ जेठ २०७४, १० : ४४
सोमबार, १५ जेठ २०७४

चितवन, जेठ १५ – भरतपुर महानगरपालिकाको मतपत्र काण्डमा नेपाली कांग्रेस चितवनले मुख खोलेको छ । एमाले र माओवादीले एक अर्कालाई आरोप लगाईरहेका बेला तेस्रो खेलाडी काँग्रेसले पनि आफ्नो कुरा राखेको हो ।

चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले घटनाप्रति दुख व्यक्त गर्दै घटनामा एमाले र माओवादी केन्द्र दुवै दोषी रहेको र नियोजित घटना भएको प्रतिकृया दिएका छन् । रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै सभापति श्रेष्ठले लोकतन्त्रमा यस्ता अलोकतान्त्रिक गतिविधि हुनु अशुभ संकेत भएको बताए ।

उनले घटना एमाले र माओवादीको गैरजिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी पनि गरे । उनले भने ‘मतगणनास्थलमा एमाले र माओवादीका प्रतिनिधि नै थिए, दुवै दलका प्रतिनिधि भएकाले दुवैको बराबरी दोष छ’ सभापति श्रेष्ठले घटनाको निश्पक्ष छानविन गर्न माग गर्दै निर्वाचन प्रकृया अघि बढाउन माग पनि गरे ।

उनले मतगणना भइरहेको वडामा कांग्रेस अगाडी रहेको भन्दै कांग्रेसलाई हराउन यस्तो षड्यन्त्र भएको आरोप पनि लगाए । केही दिनअघिबाटै मतगणना भइरहेको स्थानमा अनाबाश्यक मानिस र सामाग्री पठाउने काम भएको कांग्रेसले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप