शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

श्वेता तिवारीकी छोरी बलिउडमा प्रवेशः यी नायकसँग गर्नेछिन् डेब्यू

सोमबार, १५ जेठ २०७४, ११ : ०१
सोमबार, १५ जेठ २०७४

एजेन्सी

जेठ १५ – टेलिभिजन नायिका श्वेता तिवारीकी जेठी छोरी पलक तिवारी चाँडै नै ठूलो पर्दामा देखिने भएकी छिन् । उनकी छोरीले दर्शिल सफारीसँग आफ्नो बलिउड डेब्यू गर्ने बताइको छ ।

श्वेताका अनुसार उनकी छोरी बलिउडमा डेब्यूका लागि तयार छिन् र यसका लागि केही प्रोजेक्टमा कुरा पनि भइरहेको छ । स्रोतका अनुसार उनकी छोरी पलक ‘तारे जमिन पर’ फिल्मबाट चर्चा कमाएका दर्शिल सफारीसँग फिल्म ‘क्विकी’ बाट आफ्नो अभिनय करियरको सुरुवात गर्न सक्छिन् ।

श्वेताले भनिन्, ‘हो, पलक फिल्म डेब्यू गर्दैछिन् । दर्शिलका लागि उनको एक फिल्मका लागि कुराकानी भइरहेको छ । आधिकारी बयान चाँडै नै सार्वजनिक गरिनेछ ।’

भाइरल मेसेजः रहिनन् टेलिभिजन नायिक श्वेता तिवारी, थाहा पाउनुस् यसको वास्तविकता

नायिका श्वेताले तिवारी टेलिश्रृङ्खला ‘कसौटी जिन्दगीकी’ र ‘परवरिस’ मा काम गरेकी छिन् । उनले रियालिटी शो ‘बिग बस’ को एक सिजन पनि जितेकी छिन् र डान्स रियालिटी शो ‘झलक दिखलाजा’ मा पनि भाग लिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप