गायनपछि निरुताको मोडलिङ यात्रा
सोमबार, १५ जेठ २०७४, ११ : ०१
काठमाडौं, जेठ १५ – गायनको अलवा मोडलिङमा समेत क्रियाशील निरुता क्षत्रीको मोडलिङ करियरलाई उकास्ने खालको म्युजिक भिडियो निर्माण भएको छ ।
डान्स प्यार्टनमा निर्माण हुने म्युजिक भिडियोमा विशेष देखिँदै आएकी क्षत्री ‘नाचिदेउ नाचिदेउ ....’ बोलको गीतमा पनि खुलेर डान्स गरेकी छन् ।
बर्दिया घरभई राजधानीमा रहेर मोडलिङमा रमाइरहेकी उनले ‘नाचिदेउ नाचिदेउ ....’ बोलको गीतमा शनिबार मोडलिङ गरेकी हुन् ।
सत्यराज चौलागाईको निर्देशन रहेको भिडियोमा सुरेन बसेलले कोरियोग्राफी गरेका थिए । गीतको छायाँकन सन्कल्प भुजेलले गरेका हुन् ।
युगल डान्समा छायाँकन गरिएको भिडियोमा क्षत्रीलाई पुरुष मोडल कृष्ण पराजुलीले साथ दिएका छन् । गायक महेश शाहीको संगीत तथा स्वर रहेको भिडियोसहित छिट्टै सार्वजनिक हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण