शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लन्डनको चिसोमा मेलिनले गुन्जाइन् ‘कम्मर माथि पटुकी’

सोमबार, १५ जेठ २०७४, ११ : ०६
सोमबार, १५ जेठ २०७४

लन्डन, जेठ १५ । चर्चित गायिका मेलिना राइले लन्डनको मौसम आफुलाई निकै मनपर्ने बताएकी छन् । केन्ट फोक्सटनस्थित हकिन्ज हलमा ई–मिडिया हबद्वारा आयोजित ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ श्रृंखलाको तेस्रो प्रस्तुतिकोे सुरुवातमै गायिका राइले सो बताएकी हुन् ।

ई–मिडिया हबको आयोजनामा गायिका राई र रेवत राईका साथ दोस्रो पटक लन्डन आएकी हुन् ।

चिसो मौसममा तातो अभिब्यक्ति दिएर तताएकी राइले चलचित्र ‘नाई नभन्नु ल ३’को कम्मर माथी पटुकी, हाऊफन्नीको ‘शिरैमाशीरबन्दी’, ‘तिमीले बाटो फेर्यौ अरे’ जस्ता दर्जनौ गीत गएकी थिइन् ।

शनिवार अल्डरसटशहरबाट शुरुवात गरिएको यस श्रृंखलामा गायिका मेलिना राई र गायक रेवत राई लगायत स्थानिय गायक दिपक राई, किसन राई, युके डान्सअफ किबिजेता नृत्याङगना जेनी सुनुवारले नृत्य प्रस्तुति राखेका थिए ।

ई–मेडिया हबका कार्यकारी प्रमुख निर्देशक ईश्वर चाम्लिङ्गले दर्शकहरुको सन्तुष्टी नै कार्यक्रमको सफलता भएकाले मनोरञ्जनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरा दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप