शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरकाण्डमा चासो : निर्वाचन आयोगले बोलायो आकस्मिक बैठक

सोमबार, १५ जेठ २०७४, ११ : २१
सोमबार, १५ जेठ २०७४
काठमाडौ, जेठ १५ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएपछि निर्वाचन आयोगले आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यलय कातिन्पथमा बैठक बस्ने तयारी भएको जनाइएको छ । बैठकले के गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारु गर्न आवाश्यक निर्णय गर्ने गर्ने बताए । रातोपाटीसँगको टेलिफोन वार्तामा प्रवक्ता शर्माले भने ‘ बैठक बस्ने भन्ने सुनेको छु, केहीबेरमा बैठक बसेर निर्णय आउला, म त गणतन्त्र दिवसमा ब्यस्त छु अलि पछि सम्पर्क गर्नुस न ।’ यसअघि भरतपुर महानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका क्रममा मतपत्र च्यातिएको र कव्जा गर्ने प्रयास भएको भन्दै निर्वाचन केन्द्रको निर्देशन नआएसम्म मतगणना रोक्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप