शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चौतर्फी आलोचनापछि पदक प्रकरणमा बोले प्रकाश दाहाल

सोमबार, १५ जेठ २०७४, ११ : ४०
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५– गणतन्त्र दिवसको अवसमा प्रधानमन्त्री प्रचण्डपुत्र प्रकाश दाहाललाई जनसेवाश्री पदक दिइएको भनि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला दाहालले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत  पदक लिने आफ्नो कुनै आकांक्षा नरहेकाे दाबी गर्दै उनले भनेका छन– गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु। पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो। त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप