शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

श्रृष्टि र नरेनको ‘लाउरे’ गणेश मन्दिरमा मुर्हत

सोमबार, १५ जेठ २०७४, ११ : ५२
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५– पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको अभिनय रहने चलचित्र ‘लाउरे’को शुभ–मुर्हत गरिएको छ । आज सोमबार बिहान कमलादीस्थित गणेश मन्दिरमा बिधिवत रुपमा पुजा गर्दै चलचित्रको मुर्हत गरिएको हो । मुर्हतमा चलचित्रकर्मी, चलचित्रका कलाकार, बितरका गोबिन्द शाही, रंगपत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो । दुर्गिश फिल्मस्को व्यानरमा बन्ने चलचित्र ‘लाउरे’मा श्रृष्टि श्रेष्ठ र आस्था व्याण्डका गायक नरेन लिम्बु, कृष्णा शाही, विक्रम सिंह, मेरुना मगरलगायतका कलाकारहरुको अभिनय रहनेछ । निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र सुनिल रावलले निर्माण गर्न लागेका हुन् । उनलाई निर्माणमा जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र भेषमणि श्रेष्ठ ले सघाउदै छन् । कार्यक्रममा निर्माता रावलले चलचित्र पत्रकारसंघ लागि रुपैया पचास हजार समेत सहयोग गरे । काठमाडौं, धरान र दाजर्लिङमा खिचिने चलचित्र २१ जेठबाट छायाँकनका लागि फ्लोरमा निस्कनेछ । चलचित्रमा जेशन कुँवर (नाइट व्याण्ड)को संगीत रहनेछ । – कार्यक्रममा पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टिले चलचित्रको बिषयबस्तु र युनिट राम्रो भएको कारण काम गर्न लागेको बताइन् । –निर्माता सुनिल रावलले लाउरे मार्फत पनि दर्शकलाई उत्कृष्ट चलचित्र दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप