प्रतिबन्धका बाबजुद उत्तर कोरियाद्वारा पुनः परमाणु परिक्षण, जापान नजिकै खस्यो
बीबीसी
जेठ १५ – उत्तर कोरियाले एकपटक पुनः ब्यालेस्टिक परमाणु परिक्षण गरेको छ । उक्त मिसाइल जापान सागरमा खसेको छ । उत्तर कोरियाले तीन हप्ताभित्र यो तेस्रो परमाणु परिक्षण गरेको हो ।
दक्षिण कोरियाका सेनाका अनुसार जापान सागरमा खस्नुभन्दा पहिले यो परमाणु उत्तर कोरियाको समुन्द्री तटबाट ४ सय ५० किलोमिटर हावामा रह्यो ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजूद उत्तर कोरियाले मिसाइल परिक्षण गरिरहेको छ । यस वर्ष यो परिक्षण उत्तर कोरियाको नवौं परिक्षण हो ।
दुई हप्ता पहिले नै उत्तर कोरियाले परमाणु परिक्षण गरेको थियो ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले जी–सेभेन शिखर सम्मेलनमा उत्तर कोरियाको परमाणु कार्यक्रममा चिन्ता जताएका थिए । आबेले उत्तर कोरियालाई रोक्नका लागि जापानले अन्य देशसँग मिलेर काम गर्ने बताएका थिए ।
साथै, संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियालाई मिसाइल परिक्षण नगर्न चेतावनी दिएको थियो । सुरक्षा परिषदले उत्तर कोरियालाई तत्काल प्रतिबद्धता देखाउँदै परमाणु हतियारबाट आफूलाई अलग गर्न आदेश दिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनलाई उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए । साथै, ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारवाही पनि अस्विकार गरेको थिएन । यद्यपी, अमेरिकी रक्षामन्त्री जिम म्याटिसले यस्तो प्रकारको संघर्ष विनाशकारी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण