शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाका ६८ म्यादी प्रहरीलाई महिनावारी सुरक्षा प्याड वितरण

सोमबार, १५ जेठ २०७४, १२ : २३
सोमबार, १५ जेठ २०७४
डोल्पा, जेठ १५– महिनावारी दिवसको अवसर पारेर डोल्पाका महिला म्यादी प्रहरीहरुलाई महिनावारी सुरक्षा प्याड वितरण गरिएको छ । स्थानीय चुनाव सम्पन्न गर्न विभिन्न गाँउमा खटिएका ६८ जना महिला म्यादी प्रहरीहरुलाई सदरमुकाम दुनैमा अन्र्तक्रिया कार्यक्रम गर्दै महिनावारी सुरक्षा प्याड वितरण गरिएको नेपाल रेडक्रस डोल्पा शाखाका कार्यक्रम संयोजक टेकम वलीले जानकारी दिए । कार्यक्रममा सहभागिहरुले महिनावारी नियमित प्रक्रिया भएकाले सम्बन्धित सबैले खुलेर कुरागर्ने बानी बसाल्न र धर्मका नाममा महिनावारी भएको महिलाहरलाई फरक व्यबाहार नगर्न आग्ह गरेका थिए । जिल्लास्थित रेडक्रस,किर्डाक,एस.एन.भि,खानेपानी लगाएतका संघ संस्थाहरुले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप