महाअभियोगपछि तीन ‘भीभीआइपी लेडी’ एउटै मञ्चमा !
काठमाडौं, जेठ १५ – प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो । वैशाख १७ गते दर्ता भएको महाअभियोग तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश गरेसँगै निलम्बित कार्की काममा फकिईन्, तर व्यवस्थापिकाको कमाण्ड सम्हालिरहेकी घर्तीले उनलाई व्यवहारिक रुपमै अस्विकार गरिदिइन् ।
घर्तीले प्रधान न्यायाधीशलाई अस्वीकार गरेको ज्वलन्त उदाहरण हो, गत वैशाख २६ गते कानुन दिवसको अवसरमा कार्कीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार । राम कार्कीबाहेक प्रधानमन्त्रीसहित ठूला दलका नेता, सभामुख र अन्य मन्त्रीले उक्त चियापान बहिष्कार गरेका थिए ।
चियापान कार्यक्रम बहिष्कार गर्ने सभामुख र प्रधानमन्त्रीलाई प्रधान न्यायाधीश कार्कीले त्यसको केही दिनमै अख्तियार प्रमुख र लोकसेवा आयोगका प्रमुखको शपथ ग्रहण बहिष्कार गरेर ‘आफू पनि कोहीभन्दा कम नभएको’ जवाफ दिएकी थिइन् ।
जेठ ११ गते जावलाखेलमा बर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति विद्या भण्डारी र प्रधान न्यायाधिश सुशीला कार्की उपस्थित हुँदा ओनसरी घर्ती अनुपस्थित भइन् ।
राष्ट्रपति विद्या भण्डारी उपस्थित हुने कार्यक्रममा प्रायः देखिएकी प्रधान न्यायाधीश कार्की शितलनिवासमा आयोजित अख्तियार प्रमुख दिपक बस्न्यात र महालेखा परिक्षकको शपथ कार्यक्रममा बिदा बसेकी थिइन् । ओनसरी घर्ति र प्रधानमन्त्री जाने कार्यक्रममा छल्नकै लागि उनी बिदा बसेको यसअघि नै सार्वजनिक भैसकेको छ ।
तर, सोमबार आयोजित गणतन्त्र दिवस–२०७४ को अवसरमा यसअघि लुकामारी खेल्दै आएका प्रधान न्यायाधीश कार्की, सभामुख घर्ती र राष्ट्रपति भण्डारी एउटै मञ्चमा देखिएका छन् । सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा राज्यको तीन निकायका प्रमुखहरु लामो समयपछि एउटै मञ्चमा उपस्थित भएर परेवा उडाएको दृश्य धेरैले रोचक मानेर अवलोकन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण