सम्बन्धविच्छेदपछि मलाइकाले सेयर गरिन् फोटो, सामाजिक संजालका प्रयोगकर्ताले भने: ‘लाज मान’
एजेन्सी
जेठ १५ – मलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । उक्त फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपी, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले लाज राख्नका लागि सल्लाह दिएका छन् । यतिमात्र होइन, कतिले त उनलाई पूरा लुगा नै खोल्न सल्लाह दिएका छन् ।
एक प्रयोगकर्ताले मलाइकालाई लाज नभएकी महिलाको संज्ञा दिँदै लेखे, ‘योभन्दा राम्रो त कपडा नै नलगाएको भए हुन्थ्यो । सम्बन्धविच्छेद गरेर कति खुसी भएको ? मोजमस्ती गर्नका लागि नै उनले सम्बन्धविच्छेद गरेकी हुन् ।’
उनका फोटोमा यस्ता थुप्रै कमेन्ट आएका छन् जसलाई लेख्न सम्भव छैन ।
कुनै यस्ता कमेन्ट पनि छन् जसलाई लेख्न सकिन्न । स्मरण रहोस्, यो फोटो पछिल्लो दिन निर्माता करण जोहरको जन्मदिनको पार्टीको क्रममा खिचिएको हो ।
मलाइका अरोडा र अरबाज खान आधिकारिक रुपमा अलग्गिसकेका छन् । पछिल्लो ११ मे मा बान्द्रा फ्यामिली कोर्टमा उनीहरुले सम्बन्धविच्छेद गरेका हुन् । दुबैका १४ वर्षका छोरा छन् जो अहिले मलाइकासँग बसिरहेका छन् । मलाइका र अरबाजको विवाह सन् १९९८ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण