शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी नै हराएपछि खोजिदिन आग्रह

सोमबार, १५ जेठ २०७४, १२ : ४१
सोमबार, १५ जेठ २०७४

कपिलवस्तु जेठ १५–जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर यहि जेष्ट ८ गतेवाट सम्पर्क विहिन भएका छन ।

अर्घाखाँची स्थायी घर भएका मगर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट सरुवा भइ यहि जेष्ट ८ गते बहादुरगन्ज वडा प्रहरी कार्यालय चन्द्रौटासम्म पुगेका प्रमाणहरु भेटिएको र त्यहाँवाट सम्पर्कविहिन भएको उनकी श्रीमति पेमकला खाँस मगरले आइतवार संचारकर्मीहरुलाई जानकारी दिइन् ।

मानसिक सन्तुलनमा समस्या भएको र एक पटक काठमाडौंबाट उपचार गराएर ल्याएको र पुनः त्यस्तो समस्या भएको कारण हराएको हुन सक्ने भन्दै हराएका प्रहरीको तत्काल खोजिकार्य गर्न प्रहरी तथा पत्रकारहरुलाई उनकी श्रीमतिले आग्रह गरेकी हुन ।

श्रीमानको खोजी कार्य गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन समेत दिएको उनले वताइन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख भोजजंग शाहाले उनले खोजिकार्य भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप