जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान
सोमबार, १५ जेठ २०७४, १३ : ११
बनेपा, १५ जेठ । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उनको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो ।
बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गरेका थिए ।
सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गरेकी थिइन् । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । यसअघि प्रभातफेरी आयोजना गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण