रास्कोट नगरपालिकाका प्रमुखको निर्णय : एक घरले ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का
कालीकोट, १५ जेठ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताएका छन् ।
नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताएका छन् ।
जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी तीनदेखि पाँच वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताएका छन् । उनले भने –‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’
उनले हरियाली रास्कोटमा सबैले साथ दिने विश्वास गरेका छन् । यदि कसैले अटेर गरेमा सरकारी अनुदानसमेत रोक्का गनै सकिने बताएका छन् ।
रास्कोटमा पहिलो चरणमा नगरबस सञ्चालनमा ल्याउने, एक सय वाट क्षमताको सामुदायिक रेडियो सञ्चालन गर्ने र एक किलोवाट विद्युत्समेत उत्पादन गर्ने योजना रहेको बरालले बताएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण