जाजरकोटका मेयरले राखे प्राथमिकतामा आफूले गर्ने यी काम
सोमबार, १५ जेठ २०७४, १३ : २२
जाजरकोट, जेठ १५– जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले सवैको सल्लाह र सुझाव अनुसार आफुले नगरको विकासलाई तीव्रता दिने बताएका छन् । गणतन्त्र दिवसका दिन रावलले एक कार्यक्रम आयोजना गरि सवैका सुझाव र सल्लाहमा आफु अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
‘जनताको काम छिटो ,छरितो तरिकाले सम्पन्न गर्न आफु विरामी र सुतेको समयबाहेक अन्य समयमा खटिनेछु’ रावलको भनाई छ । नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार वनेर विजय भएका रावलले तत्काल सम्पन्न गर्नुपर्ने र केही समयपछि गर्नुपर्ने कामबारे सवै दलका प्रतिनिधीसँग सुझाव पनि मागेका छन् ।
‘मैले यहाँ टेलिफोन टावर , अवरुद्ध विद्युत सञ्चालन, खानेपानी र सिचाईका कामको पहिलो प्राथमिकतामा राखेको छु अरु केही भए सुझाव पाउ’रावलेको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण