चितवनमा आपराधिक घटनामा संलग्न छ जना पक्राउ
चितवन, १५ जेठ । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राजकुमार गुरुङ र सोही ठाउँका २८ वर्षीय सुरेश सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ । भुजेलको अहिले पनि गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै चितवनको रामपुरस्थित मकैवाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई समेत आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो घटनापछि फरार भएकामध्ये भरतपुर–१९ का विश्वजित राना, नीरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाहीलाई पक्राउ गरिएको श्रेष्ठले आज जानकारी दिए ।
उनीहरुले गाँजा सेवन गरी बसेका सात जना व्यक्तिले घेरा हाली ढुङ्गा हानेर प्रहरीलाई घाइते बनाएका थिए । उनीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको र अन्य फरारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण