भरतपुरकाण्डः कांग्रेसद्वारा १९ वडामा पुनः मतदानको माग
सोमबार, १५ जेठ २०७४, १३ : ३९
चितवन, जेठ १५ –नेपाली कांग्रेस जिल्ला समिति चितवनले भरतपुर महानगरको वडानम्बर १९ मा पुन मतदान गर्न माग गरेको छ ।
कांग्रेस जिल्ला समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा कांग्रेस उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा घटेको घटनाप्रति खेद प्रकट गर्दै सो वडामा पुनः मतदान गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाहीको माग र स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदान प्रकृया अघि बढाउन भनिएको छ ।
उसले महानगरमा जारी मतगणनालाई व्यवस्थित गर्न निर्वाचन आयोगसँग पटकपटक माग गर्दा समेत वेवास्था गरिएकाले सो घटना भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण