शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘बाहुबली टु’ भन्दा अगाडि बढ्नका लागि सलमानले ‘ट्युबलाइट’ का लागि बनाए यस्तो रणनीति

सोमबार, १५ जेठ २०७४, १४ : ०१
सोमबार, १५ जेठ २०७४

एजेन्सी

जेठ १५ – इदमा सलमान खानको फिल्म रिलिज हुनु अब परम्पराजस्तै बनेको छ । यस वर्षको इदमा ‘ट्युबलाइट’ रिलिज हुँदैछ । सलमान खान आफ्नो फिल्मले धेरैभन्दा धेरै कलेक्सन गरोस् भन्ने चाहन्छन् । ‘बाहुबली टु’ को हिन्दी संस्करणको कमाई ५ सय करोड भारु नजिक छ । त्यसपछि ३ सय ८७ करोड भारुसहित दंगल दोस्रो स्थानमा पर्छ ।

सलमान आफ्नो फिल्मले यी दुई फिल्मभन्दा बढि कमाइ गरोस् भन्ने चाहन्छन् यसका लागि उनले विशेष योजना बनाएका छन् । यसका लागि उनले आमिर खानले ‘दंगल’ रिलिज हुँदा अपनाएको रणनीति अपनाएका छन् ।

साधारणतया, जब ठूला स्टारको फिल्म प्रदर्शनमा आउँछ तब पहिलो विकेन्डमा टिकटको रेट बढाइन्छ । त्यसपछि विकडेजमा रेट घटाइन्छ । तर दंगलको क्रममा आमिरले हप्ताभरी नै टिकटको मूल्य एउटै हुने निर्णय लिएका थिए जसले उनलाई फाइदा पुर्यायो ।

यहि नीतिमा सलमानको ‘ट्युबलाइट’ पनि चल्नेछ । केही दिन अघि ट्युबलाइटका निर्माताले आफ्ना डिष्ट्रिब्यूटर्ससँग एक मिटिङ राखेपछि हप्ताभरीको टिकट मूल्य एकै हुने निर्णय लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप