निर्वाचनमा पराजय भएको मात्रै हो, सिद्धान्त समाप्त भएको होइनः कमल थापा
काठमाडौं, जेठ १५–राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टीको २८ औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले एउटा निर्वाचनमा पराजय हुँदैमा पार्टीको सिद्धान्त र कार्यक्रम समाप्त भयो भन्ने भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष थापाले मुलुकलाई निकास दिने शक्ति आफनो पार्टी मात्रै भएको दावी समेत गरे । उनले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा आफनो पार्टीले मात्रै पुरा गर्ने तर्क समेत गरे । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट सचेत हुँदै दोस्रो चरणको निर्वाचनमा सशक्त ढंगले अघि बढन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम ल्याएपनि त्यसबाट निरुत्साही हुने अवस्था भने नरहेको दावी पनि गरे । राष्ट्रिय प्रजातन्त्री पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पराजय हुुनुको कारणबारे समिक्षा गर्न आगामी २१ गते काठमाडौंमा अगुवा कार्यकर्ता भेला समेत बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण