शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर प्रकरण : माओवादीले लगायो एमालेमाथि गम्भीर आरोप

सोमबार, १५ जेठ २०७४, १४ : ४८
सोमबार, १५ जेठ २०७४

चितवन, जेठ १५ – भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतमत्र च्यातिएको विषयमा माओवादीले एमालेमाथि गम्भीर आरोप लगाएको छ । चितवन माओवादी केन्द्रका इन्चार्ज इश्वरी भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै भरतपुर घटनामा मतगणना जारी रहेकै बेला एमालेका चार जना प्रतिनिधि एक्कासी मतगणनास्थलमा प्रवेश गरी मतपत्र कव्जा गरेपछि घटना भएको खुलासा गरेको छ ।

माओवादी केन्द्रले नामै किटेर कृष्ण न्यौपाने, गणेश लामा, आश्विन घिमिरे र प्रकाश ढुङगानाले मतपत्र कव्जा गर्न खोजेपछि माओवादी केन्द्रका प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु अधिकारीले रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको जनाएको छ ।

उसले यो घटनाको बास्तविकता लुकाउदै एमालेले भ्रमपुर्ण समचार सम्प्रेशण गरेको पनि दावी गरेको छ ।

माओवादीले घट्नास्थलबाट गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै स्थानीय तह ऐन अनुसार सम्बन्धित मतदान केन्द्रमा तत्काल निर्वाचन गर्न माग गरेको छ ।

एमालेले पत्रकार सम्मेलन गर्दै भन्यो – ‘छापामार शैलीमा मतपत्र च्यातियो’

भरतपुरकाण्डः कांग्रेसद्वारा १९ वडामा पुनः मतदानको माग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप